
राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहा सुखीपुरमा गायत्री यज्ञकाे लागि भूमि पूजा भएकाे छ ।
सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित वृज नारायण राम जानकी जनता बहुमुखी क्याम्पसकाे प्रांगणमा सुखीपुर नगरपालिका नगर उप प्रमुख रेणु देवी साहकाे प्रमुख आतिथ्यमा भूमि पूजा सम्पन्न भएकाे छ ।
चैत २१ गते देखि शुरु भई २६ गते सम्म हुने यज्ञमा दिप यज्ञ, कलश यात्रा, यज्ञ शाला, नाशा मुक्त कार्यक्रम , प्रवचन र याेग लगायतकाे कार्यक्रम रहने यज्ञ सहजकर्ता चन्देश्वर कामैतले जानकारी गराउनुभयाे ।