छजना (सिरहा) / सिरहाको सुखीपुर नगरपालिका– २ स्थित स्कुल अगाडिको छजना पोखरीमा करिब पाँच बिघा जग्गाको पोखरीमा रहेको माछा मरेर लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

पोखरीमा रहेको माछा शुक्रबार बेलुका देखि एक्कासी थोर थोर मर्दै आएको थियो तर आज सोमबार एकाशी करिब पाँच लाख बराबरको सबै माछा मरेर क्षति भएको हो ।

यो वर्ष अकाशे पानी नपरेर पानीको सतह पोखरीमा कम भएर एक्सिजनको कमीले रोग लागेर माछाहरु मरेको स्थानीय भेटनरी प्राविधिक किशुन दासले बताए ।

एक्कासी माछा मरेको खबर सुनेर पोखरी डिलमा जाँदा साना–ठूला गरी लाखौँ मूल्य बराबरको माछा मरेर पानीमा तैरिएको अवस्थामा फेला परेको ठेकेदार सरोज यादवले बताए ।

पोखरीमा माछा मरेको खबर सुनेर ठेकदारले स्थानीय भेटेरिनरी प्राविधिकलाई जानकारी दिएपछि सो ठाउँमा प्रहरी, स्थानीय भेटेरिनरी प्राविधिक, स्थानीय जनप्रतिनिधिहरु जाँदा ठूलो–सानो माछा गरी लाखौँ मूल्य बरारको माछा मरेको अवस्थामा आज सोमबार पोखरीमा सबै माछा तैरिएपछि गाउँलेहरु समेत पोखरीमा पसेर लुटेर लगेको ठेक्केदार यादवले जानकारी गराए ।

ठेकदार यादवले पाँच बिघा जग्गामा रहेको छजना माछा पोखरी ७ लाख ४ हजार रुपैयाँमा तीन वर्षको लागि ठेक्का लिएको थियो ।

सुखीपुर नगरपालिकासंग आव २०७९/८० सालमा ठेक्का लिएको पोखरी २०८० समाप्त नहुदैं माछा मरेपछि पिडित भएकोले स्थानीय सरकारसंग राहत मांग गर्ने यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय