रोयाण्टर मण्डल
सिरहा / राष्ट्रपति रामचन्द्र पौडेलले लहान सहिदहरुको भूमि रहेको बताउनुभयो ।

सिरहा जिल्ला लहान नगरपालिका वडा नम्वर ७ स्थित रहेको पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा प्राविद्यिकको ७५ वर्ष अवसरमा हीरक जयन्ती समारोहमा वहाँले लहानको ईतिहास ठुलो छ । नेपालको राजनितिमा लहानले महत्वपुर्ण भुमिका खेलेको वहाँले बताउनुभयो ।

लहानका सहिद राम र लक्ष्मण, लहान बस्तीपुरका राजनीतिक चिन्तक प्रदीप गिरी लगायतका नेताहरुलाई सम्झिने आज मोका पाएको छु । तराई मधेशकै पुरानो विद्यालय पशुपति माध्यमिक विद्यालय लहानले समाजिक , सांस्कृतिक , राजनितिक लगायतका क्षेत्रमा पुर्याएका योग्यदानलाई सराहना रहेको वहाँले भन्नुभयो ।

कार्यक्रमकाे भिडियाे – https://youtu.be/GEtBB2LkW3U?si=nuwY7oMCY0Uj4k7h

शिक्षा ब्यक्ति समाज र देशको सर्वङिग्क विकास मात्र होईन्न । चेतना ज्ञान र अनुशासन संस्कार सभ्यता निर्माणको अधार पनि हो । त्यसैले सरकारको निति वजेट र योजना समय अनुसारको शिक्षा दिने तथा राष्ट्र« निर्माण तथा राष्ट्र एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाएर केन्द्रित हुनुपर्छ । रोजगारी र शिक्षाको लागि सहर पस्ने र सहर हुदँै विदेशीने पवृती बढि रहेको बेला स्थानीय स्तरमै विद्यालय तहमा सर्व सुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्ने तर्फ ध्यान दिर्नुपर्ने वहाँले चिन्ता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने , सप्तरी जिल्ला क्षेत्र नम्बर ४ का सङ्घीय सांसद तेजुलाल चौधरी र पूर्व उद्योग राज्यमन्त्री पदमनारायण चौधरीले शुभकामना मन्तव्य राख्नुभयो ।

पशुपति आदर्श माध्यमिक विद्यालयको स्थापनाका लागि बाल ब्रम्हचार्य दामेदरानन्दको प्रेरणाबाट मटियर्वा डौरहीका चौधरी परिवार , शारदा मुरारका परिवार, साह, गुप्ता परिवार र ग्रामीण क्षेत्रका व्यक्तिहरूले समेत सहयोग गरेर २००५ सालमा यस विद्यालयको स्थापना भएको हो ।

यता, लहान मधेश आन्दोलनको उदगम स्थल हो । मधेश आन्दोलनमा पहिलो सहिद लहानमै सहादत प्राप्त गरेका रमेश महतो पनि नाम सम्बोधन गर्नु पर्थियाे तर लहानका सहिद राम र लक्ष्मणलाई मात्र सम्बोधन गर्नु राष्ट्रपति जस्तो गरिमा पदका लागि नसुहाएको मधेश आन्दोलनका अगुवाहरुले दुखेसो पोख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर