
सिरहा / मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ ।
दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो ।
त्यसैगरी, हिजो विहीवार सिरहको लक्ष्मीपुर पतारीमा एक महिलाको आफ्नै श्रीमानले धारीलो हतियार प्रहारी गरी हत्या गरेको छ ।
लक्ष्मीपुर पतारी ६ सीतापुरका ५५ वर्षिय कुमियादेवी दासलाई उनको श्रीमान रामसितल दासले धारीलो हतियार प्रहारगरी हत्या गरेको प्रहरीले जनाएको छ।
श्रीमती खेतमा काम गरिरहेको अवस्थामा दासले धारीलो हतियारले सरिरको विभिन्न भागमा प्रहारगरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।