लहान / मिटरब्याज पीडित सबुरीदेवी चौधरीले आफ्नो घर फिर्ता गर्न जांदा साहुपक्षले कुटपिट गरी पाँच जनालाई घाईते बनाएको छ।
पीडितपक्षका सुरेखा चौधरी, लहान ३ की पार्वती महतो, लक्ष्मीपुर पतारी २ का श्रीप्रसाद सिंह, लहान ११ की रामकुमारी साह, सिरहा हकपडाकी पुनिता यादवलाई मरनासन कुटपिट गरेको छ।
कुटपिट गर्नेउमेश साह, लिलम साहलगायत ६/७ जनाको समूहले धारिलो हतियार प्रयोग गरी कुटपिट टाउको फुटाएको छ ।
मिटरव्याजी उमेश साहसँग सबुरीदेवी चौधरीले २०७३ असोज १२ गते २६ लाख रुपैयाँ व्याजमा लिएका थिए । ऋण वापत चौधरीले साढे १० धुरमा निर्माण भएको घरसहित नामसारी गरि दिएका थिए ।
करिव ६ महिनापछि चौधरीले ऋण व्याज चुक्ता गर्न जाँदा उमेशले यो घरजग्गा किनेको हुँ भन्दै फर्काएका थिए। सो घर जग्गा फिर्ता लिन जादा फागुन २२ गते झडप भएको हो। झडपमा पीडितपक्षका ६ जना गम्भिर घाईते भएको छ भने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।
पीडितपक्षले ज्यान मार्ने उद्योग मुद्दाको लागि इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिँदा दर्ता नगरेको गुनासो छ । उता, पीडितपक्षले मुद्दा दतां गरी घरजग्गा फिर्ता दिलाउन माग गर्दै ईलाका प्रहरी कार्यालय लहानमा आजदेखि धर्नामा वसेका छन् । लहान प्रहरी छलफल समेत गर्न नचाहेको हो ।
– नवसंग्रामबाट