काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वडा नं ३ को मेलादेखि बासल धारा सम्मको बाटो निर्माणको योजनामा नभएको कामको गलत प्राविधिक मूल्यांकन तयार गरेर भुक्तानी दिएको आरोपमा अख्तियारले तत्कालीन अध्यक्ष चौलागाईं, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सब इन्जिनियर अजबहादुर बुढाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
त्यस्तै वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडी, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा र सचिव हंशबहादुर ऐडीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको छ ।