विनोद मण्डल
लहान । सिरहाको लहान नगरपालिकामा सिटी जेसिसका उमेश यादवको पहलमा सडक दुर्घटना नुनिकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बढ्दो सवारी दुर्घटनाबाट बच्नका लागि लहान नगरपालिकाको वडा नम्बर १५ को एक विद्यालयमा जेसिस सहित पुगेका ट्राफिक टिमले बिद्यालयका विद्यार्थीहरुलाई एक दिने सचेतना अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानिय ढोढना विरनगर स्थित सगरमाथा उच्च माध्यमिक विद्यालयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका कार्यालय प्रमुख प्रहरी निरीक्षक डम्बर बहादुर पुरी र लहान सिटी जेसिसका उमेश यादवको संयुक्त टोली पुगेर ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रम अन्तर्गत विद्यार्थीहरुमा सचेतना दिँदै कार्यक्रम सम्पन्न गरेको जेसी उमेश यादवले बताउनु भएको छ ।
लाहान सिटी जेशिसको आयोजनामा सगरमाथा उच्च माध्यमिक विद्यालय बिरनगरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका कार्यालय प्रमुख प्रहरी निरीक्षक डम्बर बहादुर पुरीले ट्राफिक सचेना तथा सडक सुरुक्षा सम्बन्धी एक दिने सचेतना कार्यक्रम कक्षा ९,१०,११ र १२ विध्यार्थीहरुलाई एउटै कक्षामा सहभागी गराएर अन्तर्क्रिया सम्पन्न गरेको बताईएको छ ।