सिरहा / प्रहरीले लागुपदार्थ खैरो हिरोइन सहित सिरहा नगरपालिका १७ कालीबाट तीन जनालाई पक्राउ गरेका छन् ।
माडर चाैहर्वा सडकमार्ग अन्तर्गत सिरहा नगरपालिका –१७ काली चाैकमा चेकजाँचका क्रममा लागु औंषध खैरो हिरोइन सहित पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय माडर सिरहाका प्रहरी बरिष्ट नायव निरिक्षक संजय तामाङको कमाण्डमा खटिएको चेकिङ टोलीले चेक गर्ने क्रममा मिर्चैया नगरपालिका ११ सियापुरका २२ बर्षीय सुरेन्द्र कुमार महरा सोही नगरपालिका ९ ढोरनाका २२ बर्षीय अरबिन्द्र मण्डल र मिर्चैयाकै २३ वर्षीय अनिल मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनीहरुकाे साथबाट अण्डरवियर भित्र लुकाई छिपाई राखेको प्लास्टिक सहित ०.६३ ग्राम तौल खैरो हिरोईन जस्तो देखिने लागुऔषध जिल्ला प्रहरी पक्राउ परेका घिमिरे माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुचना अधिकारी रविन्द्र राज पाण्डेले जनाकारी दिनुभयाे ।