विनोद मण्डल

लहान /  सिरहाको लहानमा शैक्षिक वृत्तमा छुट्टै पहिचानका साथ अघि बढ्दै आएको मेरी चिल्ड्रेन स्कूलको २६ औँ वार्षिक उत्सवको अवसरमा आयोजित “एक्स्पो 2080” भव्यताका साथ सम्पन्न भएको छ ।

फाल्गुन ४ गतेदेखि संचालित एक्स्पो मेला कला , संस्कृति र विज्ञान प्रदर्शनी गर्दै सम्पन्न भएको हो ।

दुई दिन सम्म आयोजित कार्यक्रममा आम अभिभावकहरुलाई आमन्त्रण गरिएको थियो ।

मेयर महेश प्रसाद चौधरीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्दघाटन गर्नु भएको थियो ।

उद्दघाटन कार्यक्रम अन्तर्गत राष्टिय गान सहित ज्ञात अज्ञात शहीदहरुप्रति सम्मान व्यक्त गर्दै कार्यक्रमलाई औपचारिकता प्रदान गरिएको थियो ।

आम समुदायसँग जोडिएको कला संस्कृति झल्किने नृत्य प्रस्तुतिले कार्यक्रममा मौलिकता र आकर्षण थपिएको थियो ।

स्कूलको स्टेजमा आयोजित कार्यक्रममा बालबालिकाहरूले आ आफ्ना प्रतिभा एकातिर देखाएका थिए भने अर्कोतिर प्रदर्शनका लागि राखिएका विभिन्न विषय वस्तुको आम अविभावक र अथिती गणहरुले अवलोकन गरेका थिए ।

आम जीवनसँग सरोकार राख्ने हरेक विषय वस्तुको बालबालिकाहरूले निर्माण गरेर प्रदर्शनमा राखेका थिए ।

कार्यक्रममा विद्यालयद्वारा उत्कृस्ट शिक्षक शिक्षिका र कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

अत्यन्त मनोरम वातावरणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लगाएत पत्रकार समेतलाई खादा ओढाएर सम्मान गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

फाउन्डर पाण्डव हमाल र स्कुलका सियो आयुष हमालको अमूल्य योगदानको कारण सिरहाको लहानको शैक्षिक वृत्तमा नौलो पहिचानका साथ लाहान मेरी चिल्ड्रेन स्कूल अगाडि बढिरहेको सहभागी अविभावकहरूले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर