जनकपुरधाम / मुख्यमन्त्री सरोजकुमार यादवले मधेश स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गर्नु भएको छ ।

मुटु रोगको उपचारका लागि अत्यावश्यक मानिएको क्याथ ल्याबको उद्घाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बार्षिकोत्सवको अवसर पारेर मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र कुमार सिंहले संयुक्त रुपमा गर्नु भएको हो ।

क्याथ ल्याबको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । स्वास्थ्य क्षेत्रको भौतिक पुर्बाधार बिकासमा मदेश प्रदेश फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले दक्ष जनशक्तिको ब्यबस्थापनमा कुनै कमि हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री सिंहले मुटु रोगको बिशिस्टिकृत उपचारका लागि थप विशेषज्ञ ब्यबस्था गर्न प्रतिष्ठानका पदाधिकारी हरुलाई निर्देशन समेत दिनु भयो ।

उद्घाटन सत्रमा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. डा. अंकुर साहले क्याथ ल्याब संचालनमा आए पछि मुटु रोगिहरुलाई उपचारका लागि बाहिर जानू पर्ने अवस्थाको अन्त भएको उल्लेख गर्नु भयो ।

मधेश प्रदेशमा सरकारी स्तरमा पहिलो क्याथ ल्याब संचालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय