सिरहा । लगडीगदियानी–गोलबजार सडक निर्माण अलपत्र परेको भन्दै निर्माण कार्य तीब्र गतिमा गर्न हुलाकी सडक संघर्ष समिति सिरहाले पैदल मार्च (पैदलयात्रा) गर्ने भएको छ ।
समितिका संयोजक रामरिझन यादवको नेतृत्वमा स्थानीयले आज लगडीगदियानीबाट पैदलमार्च सुरु गर्न लागेका हुन् । पैदलमार्चको उद्घाटन समारोह आज लगडीगदियानीमा राखिएको छ ।
लगडीगदियानीबाट सुरु गरिने पैदलमार्च राति अर्नमामा गएर विश्राम गर्ने र भोली गोलबजार पुगेर समापन गर्ने कार्यक्रम रहेको संयोजक यादवले बताए । उनका अनुसार सडक निर्माणका लागि ठेक्का लागेको चार वर्ष भइसक्यो । तीन वर्षमा निर्माण हुनुपर्ने सडक जीर्ण अवस्थामा छ ।
ठेकेदारको लापरबाहीले समयमा सडक निर्माण नगरेका कारण सरकारको ध्यानाकर्षण गराउन बाध्य भएर पैदलमार्च गर्न लागेको उनको भनाई छ । – टुडेखाेज