लहान / सिरहामा बलात्कारको घटना सेलाउन नपाउँदै पुनः सिरहा १५ वर्षीया बालिका बलाकृत भएकी छिन् ।

प्रहरीका अनुसार बुधवार लहान नगरपालिका वडा नम्बर १ तरकारी बजार स्थित डेरमा बालिका बलात्कृत भएकी हुन् ।

सरस्वती पुजा मनाउन निस्केका बालिकालाई ललाई फकाई लहान ल्याएर साथी अरुणकुमार यादवको डेरामा जबरजस्ती करणी गरेको आरोपमा सुखीपुर नगरपालिका वडा नम्बर २ बस्ने १८ वर्षिय निकेश कुमार यादव पक्राउ परेको छ ।
बालिकाको उपचार लहानमा सम्भव नभएपछिे उपचार लागि विराटनगर पठाएको छ ।

आरोपित यादवलाई  पक्राउ गरी प्रहरी कार्यालय लहानमा बुझाएको ईलाका प्रहरी कार्यालय सुखीपुरले जानकारी गरायो ।

थप अनुसन्धान गरिरहेका छौं । समाजिक संजालमा सामुहिक बलात्कार भएको सुचना प्रकाशन भए अनुसार नभएको प्रारम्भीक अनुसन्धानमा बुझिएको छ । थप अनुसन्धान भए रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सुचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी गराउनुभयो ।

यता, समाजिक अभियन्ता शिव यादवले फेशबुक वालमा लेख्नुहुन्छ“ सिरहा जिल्ला सुखिपुर नपा स्थित सरस्वती पुजा मनाउन निस्केका नाबालिक माथि सामुहिक बलात्कार गरि अचेत अबस्थामा छाडेर भागेको थियो बालिका को अबस्था नाजुक छ । यो जघन्य अपराधमा राजनितिकर न होस । पुलिस प्रहरी को सेटिग नहोस । ”

त्यस्तै कानुन पेसाकर्मी गुमस्ता कुमार यादवको  फेशबुकबालबाट लहान नगरपालिका १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा निकेश यादवले नाबालिक माथि बलात्कार गरेको हो भनी नावालिकको व्यान बाट खुलेको हो ।

अवस्था हेर्दा बलात्कृत बालिकाको अवस्था गम्भीर रहेको देखिन्छ । पीडितको अनुसार बुधबार दिउँसो बलात्कृत बालिकाको अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् ।

बलात्कारि केटाले केहि मात्रामा टाबलेट नाम थाहा नभएको खुवाई उनको अवस्था सामान्य बनेपछि पीडितलाई घर तर्फ लगि छजना र तेनुवपट्टी को बिच सडकमा छोडी केटाहरु फरार भएका हुन । बलात्कार भएको पाच घन्टा पछि यानिकि सात बजे तिर पीडितको आफन्त लाई जानकारी भएको हो । पीडित पक्ष लाई जानकारी हुनासाथ म लगायत वडा नम्बर ४ को वडा अध्यक्ष र स्थानिय बुद्धिजीवी र प्रहरी समेत पुगि पीडितको व्यान लिएका थियौं । त्यस पछि राती १२ बजेर ३० मिनेटमा पीडकलाई पक्राउ गरेका हुन ।
(यो यथार्थ घटना हो पीडितको व्यान अनुसार व्यान म संग सुरक्षित छ । गोपनियताको कारणले गर्दा व्यान पोस्ट गर्न सक्दिन ।)

प्रतिक्रिया

सम्बन्धित खवर