विनोद मण्डल
सिरहाको धनगढीमाई नगरपालिकाको प्रसासनिक भवनमा तिलगंगा आँखा अस्पताल काठमाडौँ र धनगढीमाई नगरपालिकाको साझेदारीमा सर्जिकल सेवा सहितको निःशुल्क आँखा अप्रेशन प्रारम्भ भएको छ ।
गत माघ २५ गतेदेखि नगरका १ देखि १४ वडाहरुमा संचालित आँखा शिविर औपचारिक रूपमा सम्पन्न भएको छ ।
संचालित आँखा शिविरबाट नगरभित्र ५३५ जनामा मोतिया बिन्दुको रोग देखा परेको अवस्था रहेको छ ।
प्रसासनिक भवनमा थालिएको सर्जिकल सहितको अप्रेशन अन्तर्गत पहिलो दिन १८५ जनाको अप्रेशन गरिएको छ ।
यता मेयर शिवशंकर महतोले आम जनताको आँखा जाँचमा खटिनु भएका सम्पुर्ण तिल गंगाका मेडिकल टीम ,नगरका सम्पुर्ण जनप्रतिनिधि ज्युहरु, नगरका सम्पुर्ण कर्मचारीहरु र अन्य सहयोगी संघ /संस्थाको प्रतिनिधि र आम नगरवासी माहनुभावहरु र सम्पुर्ण सहयोगी हातलाई सहयोगको उच्च मूल्याङ्कन गर्दै धन्यवाद र आभार व्यक्त गर्नु भएको छ ।
आम जनताको संवेदनशिल अंगको रूपमा आँखाको अप्रेशन सम्पन्न गर्ने महत्वाकांक्षी योजना अन्तर्गत नगरपालिकाले लिएको नीति नगरवासीको निम्ति सेवा र तिलगंगासंग सम्बन्ध बिस्तारको कोणबाट गौरबको विषय भएको आम बुझाई रहेको छ ।
शिविर सञ्चालको लागि धनगढीमाई नगरपालिकाले कार्यपालिका बैठकबाट निर्णय गर्दै यसका लागि तिलगंगा आँखा अस्पतालसंग सम्झौता गरी नगरभित्र सञ्चालन गरेको शिविरमा जनप्रतिनिधिहरुले समेत सहयोग गर्दै आएको अवस्था रहेको देखिन्छ ।
नगरको स्वामित्व भित्रको ठाउँहरुमा स्क्रिनिंग गरी प्रसासनिक भवनमा थालिएको अप्रेशन एउटा आफैमा गौरवको विषय भएको आम बुझाई रहेको छ ।
निःशुल्क आँखा परीक्षण तथा मोतिया बिंदुको सल्यक्रिया शिविरको आयोजक धनगढीमाई नगरपालिका रहेको छ भने तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौ ,U A E राजदुताबासको साझेदारीमा चलिरहेको आँखा जाच शिविरबाट ५३५ मानिसहरूमा मोतिया बिन्दुको बिरामी देखा परेको थियो ।