विनोद मण्डल

धनगढीमाई / सिरहाको धनगढीमाई नगरपालिका भित्रका आम जनताको आँखा जाच शिविर विभिन्न टोल बस्तीमा जारी अभियान अन्तर्गत धनगढीमाईको वाडा नम्बर १४ को खुट्टीमा आँखा जाच शिविर सम्पन्न भएको छ ।

वाडा अध्यक्ष अमित ठकुरीको अध्यक्षतामा आयोजित आँखा शिविर कार्यक्रम अन्तर्गत वडा नम्बर – १४ को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क आँखा जाँच शिविरमा महिला ६८ , पुरुष ६४ र श्री जनता उत्तर आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई समेत शिविरमा सहभागी गराएको वाडा सचिव राम उदगार यादवले बताउनु भएको छ ।

शिविरबाट ९ जनामा मोतिबिन्दु रोग देखा परेको सन्तोष सदायले जानकारी गराउनु भएको हो ।

निःशुल्क आँखा परीक्षण तथा मोतिया बिंदुको सल्यक्रिया शिविरको आयोजक धनगढीमाई नगरपालिका रहेको छ भने तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौ ,U A E राजदुताबासको साझेदारीमा चलिरहेको आँखा जाच शिविर वाडा नम्बर १४ मा सम्पन्न भएको छ ।

आधारभूत स्वास्थ्य चौकीको प्राङ्गणमा बिहान १० बजेदेखि संचालित शिविर बेलुका ५ बजे सम्म संचालन गरी सम्पन्न भएको छ ।

जारी आँखा जाँच शिविरमा मेयर शिवशंकर महतो, वाडा सचिव राम उदगार यादव ,स्वास्थ्य साखा प्रमुख विशेश्वर यादव ,स्वास्थ्यकर्मी दिवस खड्का , राम यादव , नेता दिलीप लामा लगाएत ,स्थानिय बुद्धिजीवी, समाजसेवी लगाएतको उपस्थितिमा आँखा परीक्षण कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको हो ।

शिविरबाट छनौट भएका मोतिया बिन्दुको बिरामीहरूलाई मिति २०८० फाल्गुन २, ३ र ४ गते स्थानिय धनगढीमाई ९ को नयनपुर स्थित नगर अस्पतालमा निःशुल्क अप्रेशन गरिने नगरले सूचनामार्फत जनाएको छ ।

आयोजित कार्यक्रममा अथितिगणलाई गम्छा ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर