दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम

जनता समाजवादी पार्टी (जसपा), नेपाल निकट समाजवादी युवा संघ, नेपाल मधेस प्रदेश समितिले युवाहरूमा राजनीतिक चेतना, सामाजिक जागरण तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले ‘युवा जागरण तथा नेतृत्व निर्माण अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ।

समाजवादी युवा संघ मधेस प्रदेश समितिको विस्तारित बैठकले वर्तमान राजनीतिक अवस्था, युवाहरूमा बढ्दो निराशा, बेरोजगारी, वैदेशिक पलायन तथा राजनीतिक क्षेत्रमा युवाहरूको सहभागितालगायतका समसामयिक विषयमा गम्भीर छलफल गर्दै उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकले युवाहरूलाई संगठित गर्दै उनीहरूको क्षमता, दक्षता र नेतृत्व विकासमा विशेष जोड दिने निष्कर्ष निकालेको छ। अभियानअन्तर्गत मधेस प्रदेशका विभिन्न जिल्लामा राजनीतिक चेतना अभिवृद्धि, सामाजिक जागरण तथा संगठन विस्तारका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

समाजवादी युवा संघ मधेस प्रदेशका अध्यक्ष कमलेश यादवका अनुसार अभियानको मुख्य उद्देश्य नयाँ पुस्ताका युवाहरूलाई सचेत, सक्षम, जिम्मेवार तथा जनमुखी नेतृत्वका रूपमा विकास गर्नु हो। युवाहरूको सक्रिय सहभागिताबिना समाज र राजनीतिमा सकारात्मक परिवर्तन सम्भव नहुने उल्लेख गर्दै उनले अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइने बताए।

अभियानले युवाहरूमा देखिएको निराशा तथा वैदेशिक पलायनको प्रवृत्तिलाई कम गर्दै उनीहरूलाई समाज परिवर्तन र राजनीतिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

समाजवादी युवा संघले युवा नेतृत्व विकास, संगठन सुदृढीकरण तथा सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राख्दै मधेस प्रदेशभरि ‘युवा जागरण तथा नेतृत्व निर्माण अभियान’ सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय