रोयाण्टर मण्डल
सिरहा / प्रतिनिधिसभा निर्वाचनका बेला नयाँ पार्टी र नयाँ राजनीतिक विकल्पको पक्षमा आवाज उठाउँदै आएका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नयाँ राजनीतिक शक्तिको पक्षमा वकालत गर्नेहरू नै परम्परागत राजनीतिक दलमा आबद्ध हुन थालेपछि स्थानीय राजनीतिक वृत्तमा चासो बढेको छ ।

सुखीपुर नगरपालिका–३ मा उज्यालो नेपाल पार्टीबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी ललितकुमार सिंह, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सुखीपुर नगरपालिका–३ को वडा सदस्यमा निर्वाचित दुखनी देवी पासवान र अनिल सिंहसहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो। त्यसैगरी, सुखीपुरका युवा नेता बीपी भुवन यादवले नवप्रवेशीहरूलाई स्वागत गर्नुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचनका बेला नयाँ पार्टी र नयाँ राजनीतिक विकल्पको पक्षमा अभिव्यक्ति दिने नेताहरू नै पछि पुराना राजनीतिक दलमा प्रवेश गर्न थालेपछि उनीहरूको राजनीतिक धारणा र प्रतिबद्धतामाथि पनि स्थानीयस्तरमा चर्चा हुन थालेको छ ।

यसैबीच, सुखीपुर नगरपालिकामा मंसिर १४ गते सोमबार नेकपा एमालेले पनि पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ । स्रोतका अनुसार उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने तयारीमा छन् ।

सुखीपुरमा नेपाली कांग्रेसपछि नेकपा एमालेले समेत पार्टी प्रवेश कार्यक्रम आयोजना गर्न लागेपछि स्थानीय राजनीतिक गतिविधि थप सक्रिय बनेको छ ।

विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको दल परिवर्तनले आगामी दिनमा स्थानीय राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्र बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय