ओम प्रकाश गुप्ता
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको आयोजनामा आज ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाइएको छ।
“सबै महिलाहरू र बालिकाहरूका लागि: अधिकार, समानता, सशक्तिकरण” नाराका साथ आयोजित कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक तथा महिला सशक्तिकरण अधिकार सम्बन्धी जनचेतना कार्यक्रम गरिएकाे छ ।
कार्यक्रममा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव,उप प्रमुख रेनु देवी साह , जिल्ला समन्वय समितिका सदस्य साेनिया महरा लगायतका उपस्थिति रहेको थियो ।
महिलाहरूको हकहितको प्रवर्द्धन, लैंगिक समानता तथा सशक्तिकरणलाई केन्द्रबिन्दुमा राखेर विभिन्न वक्ताहरूले आफ्ना विचार राखेका थिए।
नगरपालिकाले महिला उद्यमशीलता प्रवर्द्धन, आर्थिक सशक्तिकरण तथा हिंसा न्यूनीकरणका लागि विभिन्न योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्थानीय महिलाहरूको सहभागिता उल्लेखनीय रहेकाे थियाे ।
नगरपालिकाले आगामी दिनहरूमा पनि महिला सशक्तिकरणका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ।







