राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सुखीपुर नगर अध्यक्ष हरिवंश महतो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन् ।
आज शनिवार उनले पार्टी परिवर्तनको घोषणा गर्दै नयाँ नेतृत्व र राजनीतिक संस्कृति प्रतिको विश्वास व्यक्त गरे ।
महतो २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीका टिकट लिई नगरपालिका प्रमुख पदका प्रत्याशी समेत बनेका थिए । भने २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट सुखीपुर वडा नम्बर ८ का वडा अध्यक्ष निर्वाचित भएका थिए ।
नगरको राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका उनलाई स्थानीय तहमा जनसम्पर्क, संगठन क्षमता र स्थायी प्रभावका कारण महत्वपूर्ण नेता मानिँदै आएको छ ।

रास्वपामा प्रवेशपछि महतोले भने, “रास्वपाले देशमा नयाँ राजनीतिक संस्कार र परिवर्तनको अभ्यास सुरू गरेको छ । मेले देखेकाे सपनाकाे यात्रासँग रास्वपालाई देखेकाेले सहयात्री बन्ने निर्णयमा पुगेको छु ।”
महतोको आगमनले सुखीपुर क्षेत्रमा संगठन विस्तार, जनभरोसा वृद्धि र आगामी राजनीतिक गतिविधिमा थप उत्साह आउने सुखीपुरका जानकारहरुले बताउँछन् ।






