काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठित नयाँ सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट चार महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।

 

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारकाे प्रवक्ता नियुक्त गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सहित यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त भएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति बैठकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको जानकारी दिए ।

सरकारले शासकीय सुधारका लागि तयार पारिएको ‘१०० कार्यसूची’ पनि बैठकबाट स्वीकृत गरिएको छ। उक्त कार्यसूची भोलिसम्म सार्वजनिक गरिने प्रवक्ता पोखरेलले बताए ।

त्यस्तै, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले सरकारसमक्ष पेस गरेको प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको छ ।

उनका अनुसार, आयोगले सिफारिस गरेका व्यक्ति तथा निकायमध्ये सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गरिनेछ। सो समितिले पेश गर्ने प्रतिवेदनका आधारमा सुरक्षा निकायसम्बन्धी निर्णयहरू हुने जनाइएको छ ।

अन्य सिफारिसहरू भने गृह मन्त्रालयसहितका सम्बन्धित निकायहरूलाई तत्काल कार्यान्वयनका लागि निर्देशन दिइने प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय