राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिरहा क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट उम्मेदवारी दिएका सत्य नारायण यादव घर–घर पुगेर जनसम्पर्क अभियानलाई थप सक्रिय बनाइरहेका छन् ।

स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनले शिक्षा, स्वास्थ्य, सुरक्षा, विकास तथा संस्कृतिको संरक्षण–प्रवर्द्धन आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् ।

भेटघाटका क्रममा यादवले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद प्रति आफ्नो दृढ प्रतिबद्धता जनाउँदै मत समर्थनका लागि अपील गरिरहेका छन् ।

स्थानीयको समस्या, सुझाव र अपेक्षालाई सुन्दै अघि बढेको उनको जनसम्पर्क अभियानले क्षेत्र नं. १ को चुनावी माहोललाई थप चहकिलो बनाएको देखिन्छ ।

गाउँ–टोलमा भइरहेको उनको सक्रियताले जसपाको मताधार पहिलेभन्दा थप मजबुत हुँदै गएको मतदाताहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय