रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहा क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढ्दै जाँदा विभिन्न दलका स्थानीय नेता तथा कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ आकर्षित हुने क्रम तीव्र बन्दै गएको छ ।

यस्तै क्रममा सुखीपुर नगरपालिका–५ का कांग्रेस, जसपा, जनमत पार्टी र नेकपा एमालेका नेताहरू एकैसाथ रास्वपामा प्रवेश गरेका छन् ।

रास्वपामा प्रवेश गर्नेहरूमा जसपाका पूर्व निर्वाचित वडाध्यक्ष शैलेन्द्र कामती, नेपाली कांग्रेसका क्रियाशील सदस्य ओमप्रकाश यादव, जनमत पार्टीका वडा अध्यक्ष पृथ्वी मण्डल, नेकपा एमालेका वडा सचिव रामरिझन यादव, र जसपाका वडा सदस्य अजय कुमार यादव रहेका छन् ।

नेताहरूले सामूहिक रूपमा पार्टी प्रवेश गर्दै आगामी प्रतिनिधि सभा निर्वाचनमा घण्टी चिन्हमा मतदान गरी रास्वपा उम्मेदवार शिव यादवलाई विजयी बनाउन प्रतिवद्ध रहेको घोषणा गरेका हुन् ।

उनीहरूको प्रवेशले सुखिपुर क्षेत्र र व्यापक रूपमा सिरहा क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धामा नयाँ गतिशीलता थपिएको राजनीतिक विश्लेषकहरूको मूल्यांकन छ ।

विभिन्न दलबाट लामो समयदेखि सक्रिय जिम्मेवारी सम्हाल्दै आएका स्थानीय नेताहरूको रास्वपातर्फको आकर्षणलाई यहाँको मतदाताले पनि चासोका साथ हेरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय