मनिषा मण्डल
सिरहा (सुखीपुर) / सुखीपुर नगरपालिका–८, क्याम्पस चोकमा ‘शुद्ध साकाहारी मदिरा पसल’ नामक अनौठो तर प्रेरणादायी व्यवसाय सञ्चालनमा आएको छ ।

सञ्चालक राम सेवक साहको अगुवाइमा खुलेको यो पसलले स्थानीय समुदायमा नयाँ सोच र स्वादको समिश्रण प्रस्तुत गरेको छ।

पसलमा परम्परागत लोक परिकारहरू जस्तै चाना, कचरी, पकौरी, मुरही, चुरा र चरपट्टी पाइन्छ। साथसाथै, साकाहारी परिकारसँग मेल खाने किसिमको स्वादिलो मादक ‘मदिरा’ (स्वादयुक्त पेय पदार्थहरू) उपलब्ध छन् । यसले युवापुस्तालाई नशामुक्त जीवनशैली रोज्न सघाउने विश्वास सञ्चालक साहले व्यक्त गरेका छन् ।

‘रंगिला होटल’ को नामले परिचित यो स्थानले स्थानिय कला र संस्कृति झल्काउने वातावरणमा सेवा प्रदान गर्दै आएको छ । सस्तो, स्वादिलो र स्वास्थ्यलाभदायी सेवा प्रदान गर्ने उद्देश्यले यो होटल सञ्चालनमा ल्याइएको हो ।

स्थानीयबासीको रोजाइमा पर्न थालेको यो होटलले रोजगारी सिर्जना र स्वस्थ जीवनशैली प्रवर्द्धनमा पनि टेवा पुर्‍याइरहेको छ ।

आफुले पहिला मासु माछा परिकारहरु बनाउने गर्ने तर अव शुद्ध साकाहाकारी मान्छेहरु मदिरा पिउन आउदाँ खानेकुराकाे अभावमा चिन्तित हुने गर्थियाे तर मेराे मनमा भावना परिवर्तन भयाे । माछा मासु विक्री नगर्ने शुद्ध साकाहारी मदिरा पसलमा परिणत गरे । अहिले पसलमा शुद्ध मदिरा र शुद्ध साकाहारी खाने कुरामा परिणत गरेपछि माछा मासु नखाने मदिरा पिउने ग्राहकहरुकाे भिड लागने गरेकाे संचालक साहले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय