राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा) / सिरहाकाे धनगढीमाईमा वित्तीय पहुँचबाट बाहिर रहेका लागि वृत्त साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड शाखा कार्यालय कशहाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षितवर्गहरू पहिचान गरी धनगढीमाई नगरपालिका वडा नम्बर ७ फूलकहाकट्टीमा वृत्त साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

दिव्य शक्ति तरकारी पाकेट समुहकाे सहकार्यमा आयाेजित कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बचत, कर्जा, रेमिटेन्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा शाखा प्रमुख प्रदिप महताेले सबैलाई जानकारी गराउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय