राेयाण्टर मण्डल
सिरहा / कुनै बेला गुरु(शिक्षक) ले चेला (विधार्थी) लाई ज्ञान सिकाउने बेलामा लापर्वाही गरेपछि विभिन्न प्रकार दण्ड दिने गरेकाे जानकारहरुसंग थाह पाउनुभएकाेला तर आज सिरहामा एक शिक्षकले बिद्यार्थीलाई कुटेपछि बिद्यार्थीले रिसमा विष पिएका घटना सार्वजनिक भएकाे छ ।
गोलबजार नगरपालिका वडा नम्बर -४ स्थित रहेको श्री जनता नमुना माध्यमिक बिधालय ,गोलबजारमा कार्यरत शिक्षक शशी साहले बिद्यार्थी लाई कुटेपछी २ जना बिद्यार्थीले साैचालयकाे फाेहर किटानु सफाई गर्ने केमिकल फिनेल (बीष) पिएपछि बेहाेस भएका छन् ।
उनीहरुकाे उपचार भुमिजा अस्पताल गोलबजारमा भइरहेको इलाका प्रहरी कार्यलय गोलबजारका इन्स्पेकटर सुनिल कार्कीले जानकारी दिनुभयो ।
इन्स्पेकटर सुनिल कार्की भन्नुभयो “घटना बारे सत्य तथ्य अनुसन्धान भइरहेको छ । बिधालयका प्र.अ भरत साह लाई फोन गर्दा फाेन लागेन सम्पर्क गर्ने काेशिस गर्दैछु” ।
पहिलेकाे जमानालपढाई हुदाँ कुनै विधार्थीले गलती गरेपछि शिक्षकले विभिन्न प्रकारकाे दण्ड दिने गर्थियाे । विधार्थीले पनि स्व स्वीकार गरी दण्ड भुप्तान गर्न तत्पर रहनथ्याे तर आज कल न त त्यस्तो गुरु न त त्यस्तो विधार्थी रहेकाे अवकाश प्राप्त शिक्षकहरुले बताउनुभयाे ।






