मनिषा मण्डल
सुखीपुर (सिरहा) । चैती छठ पर्व आइतबार (आज) देखि सुखीपुर लगायत मिथिलाभर सुरु भएको छ । यो पर्व विशेष गरेर सुखीपुरमा महाेत्सवका रुपमा मनाईने मनाइन्छ ।

सुखीपुरमा मनाउने चैती छठमा सुन्दर वनके सुन्दर फूल लाेक नाच, चिया स्टल, लसी स्टल, सरबत स्थल, फूर्टी स्थल, पानी स्टल , नयाँ वर्ष २०८३ काे क्यालेन्डर लगायतमा नि: शुल्क वितरण हुने गरेकाे सुखीपुर चैती छठ महाेत्सव समितिका अध्यक्ष महेश कुमार साहले जानकारी गराउनुभयाे ।
सुखीपुरमा मनाउने छठ जनकपुर पछिकाे दास्राे सुखीपुरमा धुमधामका साथ मनाउने गरेकाे महाेत्सव समितिका सचिव ओम प्रकाश गुप्ताले दावी गर्नुभयाे ।
वहाँ यश प्रकारकाे चैती छठमा नि: शुल्क स्टलहरु मुल्यांकन गरियाे भने मिथिला अञ्चल प्रथम हुने बताउनुभयाे ।
चैती छठ महाेत्सव समितिले चैती छठबाट बचत भएकाेले शुरुवात गरेकाे पाेखरी घाट स्थानीय प्रदेश सरकारकाे सहयाेग पाेखरी सम्पुर्ण भागमा पक्की घाट निर्माण गरेपछि पाेखरी आकर्षण बढाएकाे समितिका सदस्य रत्नेश चाैधरीले जनकारी गराउनुभयाे ।
आजै चैती छठ पर्वका लागि पाेखरी दुलहन झै सजाउन व्यस्त समितिहरु व्यस्त देखिएकाे छ ।
छठ पर्व विभिन्न विधिबाट पूजाआजा गर्दै आजदेखि ४ दिनसम्म मनाइने छ । यो पर्व विशेष गरेर मिथिला अञ्चल क्षेत्र मनाइने भए पनि पछिल्लो समय छठ पर्वको महत्त्व बढ्दै गएका कारण धूमधामका साथ मनाउन थालिएको छ । पोखरी, तलाउ तथा प्रसिद्ध नदी, र नहरलाई बेहुली झैँ सिँगार पटार गरेर सजाएर धूमधामका साथ मनाइने गरिएको छ ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । छठ पर्वमा सूर्यको उपासना गरिन्छ । यो पर्व जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षका पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

चैती छठको पहिलो दिन आइतबार (आज) व्रतालुहरू नहा खा अर्थात् नुहाएर खाने अर्थात् जिउ चोख्याउने काम गर्नेछन् । पर्वको दोस्रो दिन सोमबार खर्ना मनाइने छ । खार्नाका दिन व्रतालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताकको पूजा गर्नेछन् र राति अरुवा अरबाईन (बिना नुनको) खानेकुरा खाने चलन छ ।
त्यस्तै, षष्ठीको दिन सोमबार साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटानी पिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठुलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठी (मंगलबार) का दिन व्रतालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् । त्यसको भोलिपल्ट बुधबार एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्नेछन् ।
महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञात बासमा रहँदा उक्त गुप्ता बास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा समेत विकसित छठ पर्व हिन्दुको सँगसँगै मुस्लिमहरूले पनि मनाउने गर्छन् ।







