राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका भौतिक पूर्वाधार विकास कार्यालय सर्लाही, मलंगवामा कार्यरत सब-इन्जिनियर प्रमोद यादवमाथि गोली प्रहार गरी हत्या गरिएको छ ।
गोली लागेपछि गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-१० स्थित डेरामा बस्दै आएका थिए ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार “आईतवार साँझ बाहिरबाट कसैले काम छ भनेर बोलाएको र त्यसपछि गोली हानेको” प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ। घटनाको कारण, संलग्न व्यक्तिको पहिचान तथा पक्राउबारे विस्तृत विवरण आउन बाँकी छ ।






