सुखीपुर (सिरहा) / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट रौतहटमा एक ६ वर्षिय बालकको मृत्यु भएको छ ।
स्थानीयले बताएका अनुसार, रौतहट–२ बाट उम्मेदवारी दिएका आलम सवार बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालकलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि गाडी चालक र उम्मेदवार आलम फरार भएका छन् ।
प्रहरीले ठक्कर दिएको भनिएको गाडी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।
स्थानीयवासीले घटनाप्रति चासो व्यक्त गर्दै, बालकको परिवारलाई न्याय दिलाउन आग्रह गरेका छन् ।






