राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित स्कुलको खेल मैदानमा बुधवार वडा नम्बर ९ ले वडा नम्बर १ लाई ३६ रनले हराउँदै फाईनल प्रतियोगिता जितन सफल भएको छ ।

नगर सुधार समिति सुखीपुरको आयोजना संचालित सुखीपुर नगर क्रिकेट प्रतियोगिताको फाईनल खेलमा वडा नम्बर ९ टस जितेर पहिलो ब्याटिङ्ग रोज्दै र्निधारित ओभरमा २ सय ३ रन बनाएको थियो । र्निधारित ओभरमा २ सय ४ रनको टार्गेट पाएको वडा नम्बर १ सम्पुर्ण ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय ६८ रनमा समेटिएको थियो ।

प्रतियोगिताको म्यान अफ दि सिरिज सुखीपुर नगरपालिका वडा नम्बर १ का खेलाडी रक्तिक ठाकुर , बेस्ट बलर अभिषेक यादवलाई प्रदान गरिएको आयोजक नगर सुधार समितिकाे अध्यक्ष विपि भुवन यादवले जानकारी गराउनुभयाे ।






