राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / आगामी निर्वाचन नजिकिँदै गर्दा सिरहा क्षेत्र नं. २ मा एमाले नेतृत्वलाई लगातार धक्का लागिरहेको छ ।
सुखिपुर नगरपालिका–१ का वडाध्यक्षका एमाले उम्मेदवार रामबाबु यादव र वडा नं. ३ का वडाध्यक्षका उम्मेदवार फेकु यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
दुवै जनालाई रास्वपाका नेता तथा प्रतिनिधि सभा उम्मेदवार शिव यादवले पार्टी प्रवेश गराउँदै स्वागत गरे ।
प्रवेश कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको पत्रकार सन्तोष यादवले जानकारी दिए ।
यसअघि पनि सुखीपुर नगरपालिका–५ का जसपाका वडाध्यक्ष उम्मेदवार शैलेन्द्र कामतीसहित जसपाका अन्य कार्यकर्ता र नेपाली कांग्रेसका केही कार्यकर्ता रास्वपामा प्रवेश गरेका थिए ।
सिरहा क्षेत्र नं. २ मा दिनहुँजसो विभिन्न दलका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गर्ने क्रम तीव्र बन्दै गएपछि उम्मेदवार शिव यादव अहिले सो क्षेत्रमा सबैभन्दा बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
रास्वपामा प्रवेश गरेका दुवै नेताहरूले एमाले नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै “नयाँ सोच र स्वच्छ राजनीति” को आकर्षणका कारण रास्वपालाई रोजेको स्पष्ट पारे ।






