सिरहा / प्रादेशिक अस्पताल सिरहामा आर्थिक अनियमितता गरेको आरोपमा दुई पूर्व अस्पताल प्रमुखसहित १० जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मंगलबार विशेष अदालत, काठमाडौंमा दायर मुद्दामा तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादव, प्रशासन प्रमुख अशोक सिंह, लेखा प्रमुख अशोक यादव, अहेव श्याम कुमार मण्डल, सहायक कम्प्युटर अपरेटरहरू पूजाकुमारी यादव, सरस्वती कुमारी यादव, रोशन यादव, अजय मण्डल र दिवंगत लेखा प्रमुख मुस्कान मण्डललाई प्रतिवादी बनाइएको छ।
आयोगका अनुसार, अस्पतालमा बिरामीबाट संकलन भएको करिब ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ सरकारी खातामा जम्मा नगरी आपसी मिलेमतोमा हिनामिना गरिएको पाइएको छ। अस्पतालको बिलिङ सफ्टवेयरमा आम्दानी देखाइए पनि सोही अनुसारको रकम बैंक भौचरमार्फत सरकारी खातामा जम्मा नभएको दाबी अख्तियारले गरेको छ।
प्रारम्भिक अनुसन्धानले अस्पताल प्रशासन र लेखा शाखाका जिम्मेवार कर्मचारीहरूको संलग्नतामा लामो समयसम्म रकम दुरुपयोग भएको प्रमाण फेला परेको आयोगले जनाएको छ। आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार बिगो असुल, कैद र जरिवानाको माग गर्दै मुद्दा दायर गरेको छ।
| सि.नं | नामथर, पद र कार्यालय | बिगो रू. | कसुर तथा सजायको मागदाबी |
| 1. | प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखहरू डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादव | रू.38,७७,७२४।८३ | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरमा बिगो रू. अड्तीस लाख सतहत्तर हजार सात सय चौबीस रूपैयाँ त्रियासी पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ङ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम बिगो असूल उपर हुन मागदाबी लिइएको छ। |
| 2. | प्रादेशिक अस्पताल सिरहाका तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह र तत्कालीन लेखा प्रमुख अशोक कुमार यादव | जनही रू.38,७७,७२४।८३ | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरमा बिगो रू. अड्तीस लाख सतहत्तर हजार सात सय चौबीस रूपैयाँ त्रियासी पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ङ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम बिगो असूल उपर हुन मागदाबी लिइएको छ। |
| 3. | प्रादेशिक अस्पताल सिरहा विल काउन्टरमा कार्यरत अ.हे.व. श्याम कुमार मण्डल | रू.२५,४७,४१७।०१ | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरमा बिगो रू. पच्चीस लाख सडचालीस हजार चार सय सत्र रूपैयाँ एक पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ङ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम बिगो असूल उपर हुन मागदाबी लिइएको छ। |
| 4. | प्रादेशिक अस्पताल सिरहा विल काउन्टरमा कार्यरत स.क.अ. पुजा कुमारी यादव | रू.२,८८,२२९।४० | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरमा बिगो रू. दुई लाख आठासी हजार दुई सय उनान्तिस रूपैयाँ चालीस पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम बिगो असूल उपर हुन मागदाबी लिइएको छ। |
| 5. | प्रादेशिक अस्पताल सिरहा विल काउन्टरमा कार्यरत स.क.अ. सरस्वती कुमारी यादव | रू.५,०२,८१३।७४ | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरमा बिगो रू. पाँच लाख दुई हजार आठ सय तेर्ह रूपैयाँ चौहत्तर पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (ङ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम बिगो असूल उपर हुन मागदाबी लिइएको छ। |
| 6. | प्रादेशिक अस्पताल सिरहा विल काउन्टरमा कार्यरत स.क.अ. रोशन कुमार यादव | रू.1,64,659।68 | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरमा बिगो रू. एक लाख चौसठ्ठी हजार छ सय उनान्साठी रूपैयाँ अठसठ्ठी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम बिगो असूल उपर हुन मागदाबी लिइएको छ। |
| 7. | प्रादेशिक अस्पताल सिरहा विल काउन्टरमा कार्यरत स.क.अ. अजय कुमार मण्डल | रू.३,७९,०२१।५० | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरमा बिगो रू. तीन लाख उनासी हजार एक्काइस रूपैयाँ पचास पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम बिगो असूल उपर हुन मागदाबी लिइएको छ। |
| 8. | प्रादेशिक अस्पताल सिरहाका तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको श्रीमती मुस्कान कुमारी मण्डल | रू.38,७७,७२४।८३ | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरमा बिगो रू. अड्तीस लाख सतहत्तर हजार सात सय चौबीस रूपैयाँ त्रियासी पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ङ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम बिगो असूल उपर हुन मागदाबी लिनुपर्ने देखिएतापनि निज रत्न प्रसाद मण्डलको मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रबाट देखिएकोले फौजदारी न्यायको मान्य सिद्धान्त बमोजिम निज उपर फौजदारी कसुरमा कैदको सजाय माग दावी लिनुपर्ने अवस्था नरहेता पनि निज उपर मुलुकी फौजदारी कार्यबिधि संहिता, 2074 को दफा 133 को उपदफा (२), सोही संहिताको दफा 158 को उपदफा (२), अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, 2048 को दफा 29क. र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 46 बमोजिम मृत्यु भएको प्रतिवादीको हकमा समेत मुद्दा चलाउन र सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले प्रतिवादी रत्न प्रसाद मण्डलले जीवित हुँदा माथि उल्लेखित कसुर गरी नेपाल सरकार/सार्वजनिक संस्थालाई हानि पुर्याएको बिगो रू. अड्तीस लाख सतहत्तर हजार सात सय चौबीस रूपैयाँ त्रियासी पैसा मात्र निजको हक खाने निजको श्रीमती मुस्कान कुमारी मण्डलबाट असुल उपर हुन मागदाबी लिई निजलाई बिगो असुल उपर गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरिएको। |






