राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा) / सुखीपुर नगरपालिका–८ स्थित राजदेवी चोकमा आइतबार आयोजित नगरस्तरीय चुनावी सम्पर्क कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम नेपाली कांग्रेस नगर सभापति मिथुन कुमार यादवको अध्यक्षतामा सम्पन्न भयो ।

कार्यक्रममा सिरहा क्षेत्र २ का प्रतिनिधि सभा सदस्यका उमेदवार तथा नेपाली कांग्रेसका जिल्ला सभापति  रामचन्द्र यादव प्रमुख अतिथि रहेका थिए ।

सो अवसरमा जसपा नेपाल सुखीपुर–८ का वडा अध्यक्षका प्रत्यासी नागे प्रसाद चौधरी, जनमत पार्टीका वडा सदस्यका प्रत्यासी रामनारायण यादव, नेकपा एमालेका रामशरण यादव, लोसपा नेपालका जिल्ला सदस्य तथा उपमेयरका प्रत्यासी देवकिशुन यादव र राजकुमारी यादव सहितका अगुवा नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेकाे नेपाली काग्रेसका युवा नेता विजय निराैलाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय