सिरहा / आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनले सातै प्रदेशमा जवाफदेही उपस्थिति जनाउँदै १८ मध्ये सबै पद जितेर बलियो पकड कायम गरेका छन्।

सबै प्रदेशबाट आएका परिणाम हेर्दा गठबन्धनका उम्मेदवारले प्रायः सबै क्लस्टरमा सहज विजय हासिल गरेका छन्।

कोशी प्रदेश – 

  • कांग्रेसका सुनिलबहादुर थापा पहिले नै निर्विरोध।

  • निर्वाचनपछि एमालेका सोम पोर्तेलरोशनी मेचे विजयी।

मधेश प्रदेश

  • महिला : एमालेकी रेखा झा

  • अल्पसंख्यक : कांग्रेसका रञ्जित कर्ण

  • दलित : कांग्रेसका धर्मेन्द्र पासवान

  • अन्य : महन्थ ठाकुर विजयी

बागमती प्रदेश

  • महिला : कांग्रेसकी गीता देवकोटा

  • अन्य : एमालेका डा. प्रेमप्रसाद दंगाल

गण्डकी प्रदेश

  • अन्य : कांग्रेसका जगत तिमिल्सिना

  • महिला : एमालेकी सम्झना देवकोटा

लुम्बिनी प्रदेश

  • महिला : एमालेकी रामकुमारी झाँक्री

  • अपांगता : कांग्रेसका बासुदेव घिमिरे

  • अन्य : कांग्रेसका चन्द्रबहादुर केसी

कर्णाली प्रदेश

  • अन्य : कांग्रेसका ललितजंग शाही

  • महिला : एमालेकी मिनासिं रखाल

सुदूरपश्चिम प्रदेश

  • महिला : एमालेकी लीला भण्डारी

  • खुला : कांग्रेसका खम्मबहादुर खाती

निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा ९५.६८% मत खसेको छ।
कुल २०११ मतदाता मध्ये १९२४ ले मतदान गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय