लहान (सिरहा) /सिरहाको लहानस्थित जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा मुख्य पदाधिकारीसहित सम्पूर्ण प्यानल विजयी भएको छ ।

संघको अध्यक्षमा प्रदिप गुप्ता ५१३ मतान्तर सहित निर्वाचित भएका छन् ।

गुप्ताले कुल १ हजार ७५० मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी श्याम गुप्ताले १ हजार २३७ मत पाएका छन् ।

निर्वाचन समितिले आइतबार अपराह्न सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा प्रदिप प्यानलका सुनिलकुमार चौधरी १ हजार ७६२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी अजयकुमार चौधरीले १ हजार १८३ मत प्राप्त गरेका छन् ।

वाणिज्य उपाध्यक्षमा बसन्तकुमार साह १ हजार ७५० मतसहित निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी विनोदकुमार साहले १ हजार १४१ मत प्राप्त गरे । महासचिवमा रविन्द्रकुमार श्रेष्ठ १ हजार ७०८ मतसहित विजयी भएका छन्, मनोजकुमार महतोले १ हजार २२४ मत पाएका छन् ।

एशोसियट उपाध्यक्ष पदमा प्रदिप प्यानलकी खुश्वु जैसवाल दुई मतान्तरले पशुपति साहलाई पराजित गर्दै विजयी भएकी छन् । बस्तुगत उपाध्यक्षमा रामउद्गार महतो र सदस्य शंकरप्रसाद गुप्ता निर्विरोध निर्वाचित भइसकेका छन्।
कोषाध्यक्षमा बद्रीनारायण चौधरी १ हजार ७१९ मतसहित निर्वाचित भए भने सत्यनारायण महतोले १ हजार २१३ मत प्राप्त गरे । सचिवमा अमरनाथ साह १ हजार ७१५ मतसहित विजयी भए भने सकल साह रौनियारले १ हजार २०८ मत पाएका छन् ।

संघको महिला सदस्यमा जानुका कुमारी पराजुली र अनुपम झा निर्वाचित भए । खुला सदस्यतर्फ बिन्देश्वर महतो, नयनकुमार यादव, वसिम अकरम, मुरारीप्रसाद साह र रामप्रकाश साह (प्रकाश) विजयी भए ।

३५औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत २ पुसमा उद्घाटन भएको निर्वाचन शनिबार सम्पन्न भएको हो। कुल ४ हजार ५५ मतदातामध्ये ३ हजार ६६ जनाले मतदान गरे ।

निर्वाचन ५ पुसका लागि तय गरिएको भए पनि अध्यक्ष पदका प्रत्याशी श्याम गुप्तासहित दुई जनाले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेपछि २५ दिन स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय