लहान / लहानमा मधेस आन्दोलनका पहिलो सहिद रमेश महतो सहित अन्य सहिदहरूको शालिकमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन साहलगायतले माल्यार्पण गरेपछि उत्पन्न विवादबारे पूर्व राज्य मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता सुरेश मण्डलले प्रतिक्रिया जनाएका छन् ।

मण्डलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शहिदको शालिकमा जुत्ता–चप्पल लगाएर चढ्नु शहिदप्रतिको अपमान भएको बताएका छन्। उनले आफ्नो स्टाटसमा लेखेका छन्, “जुता चप्पल लगाएर शहिदको शालिकमा चढ्नु शहिदप्रतिको अपमान हो । माफ गर्नुहोला प्रिय सहिद रमेश महतो, यो बिना संघर्ष, बिना त्याग र तपस्याबाट पाएको नाम र सोहरतको उन्माद हो । बिस्तारै राजनीतिक र सामाजिक चेत आउने छ ।”

उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा टीका–टिप्पणी बढेको छ। धेरैले शहिदप्रतिको सम्मान व्यवहारमै देखिनुपर्ने बताएका छन् भने केहीले यसलाई अन्जानमा भएको त्रुटिका रूपमा लिएका छन् ।

घटनाले शहिदप्रतिको सम्मान, सार्वजनिक व्यक्तिको आचरण र राजनीतिक संवेदनशीलतामाथि पुनः बहस सुरु गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय