मनिषा कुमारी मण्डल
लहान (सिरहा) / पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ ।
सिरहाको नवराजपुर गाउँपालिका वडा नम्वर ४ नवराजपुर गाउँको मुकेश कुमार यादव सफल कथा क्यौ युवाको प्रेरणाको स्रोत बनेका छन् ।
मुकेशले आशिंक मंगलदीप अगरवती उद्योग नामका घरेलु तथा साना उद्योग लहान सिरहामा उद्योग दर्ता गराएर अगरवतीसँगै असल अगरवतीको प्रशिक्षक र अगरवत्ती कच्चा पदार्थ विक्री गरेर सिरहामै ख्याती कमाई रहेका छन् ।
उनले आफ्ना घरमै उद्योग सेटप लगाएका छन् भने अहिले विभिन्न सघ संस्था मार्फत सयौं भन्दा बढी मानिसलाई अगरवत्ती सम्बन्धी तालिम दिइसक्नुभएको छ । उनले भने “तालिम लिएका अधिकांश व्यक्ति सानोतिनो जस्तो भए पनि उद्यम गरिरहेका छन्, कसैले पनि खाली हात बस्नुपरेको छैन ।”
अगवत्ती सबै घरमा नभई नहुने सामग्री भएकोले बजारको माग धेरै रहेकाले आफूले पनि मागअनुसार अगरवत्ती बनाउन नसकेर कहिलेकाहीँ माग नै स्थगन नै गर्नुपरेको मुकेशले बताए ।
उनले आफनै घरमा उद्योग चलाउँदै आइ रहेका छन् । उनले भने्, वार्षिक रु चार लाखभन्दा बढी रकम मुनाफा हुन्छ । ” अहिले २ जना ज्यालादारी काम गर्ने कामदार राखेको छु , यो काम आफ्नो फुर्सदको समयमा गर्ने हो, घरको अन्य काम सकेर जतिबेला मन लाग्छ उतिबेला गर्न मिल्ने खालको भएकाले आफू एकदमै सन्तुष्ट रहेको उनले बताए ।
उनले भन्छन्, “साथीभाइ, आफन्तको विवाह समारोह, व्रतबन्ध, जन्मदिन समारोह, घुमफिर सबैतिर गएर जिन्दगी रमाइलोसँग विताएर यतिको आम्दानी घरमै बसेर गरिरहेकी छु, यो भन्दा के चाहियो । ”
उनको अगरवती सिरहाको अधिकांश गाउँ घरको पसलमा विक्री हुदैँ आएको छ । विसं २०७६ तिर नवराजपुर गाउँपालिकाको मेडपा कार्यक्रमकोप्रमुख भोगेन्द्र यादवको सहयोगमा सञ्चालित अगरवत्ती तालिम लिएका मुकेशले विसं २०७८ साल देखि आफूले सिकेका सीप घरमै हातले अगरवती बनाउन थाले पछि बजारमा मांग बढेपछि मांग थेगन नसकेर रु तीन लाखमा एउटा एटोमेटिक मेशिन केनेर कार्य शुरु गरे अहिले २ थान एटोमेटिक मेकिंग मेशिन र २ थान एटोमेटिंग मिक्चर मेशिन रहेको छ ।
मुकेशले अगरवत्ती उद्योग संचालन गर्नु अघि ४ वर्ष नवराजपुर गाउँपालिकामा दैनिक ज्यालादारीमा कार्यालय सहयोगीको काम पनि गरे । त्यती मुकेशलाई जागिरमै मस्ती लागथ्यो तर स्थानीय सरकारको चुनावबाट नवराजपुरमा सरकार परिवर्तन । स्थानीय सरकारको परिवर्तन संगै मुकेशको जागिरको म्याद थप भएन् । त्यसपछि उनले विदेश जाऊ की के गरु विभिन्न प्रकारको मनमा प्रश्नहरु आई रहियो तर वहाँले विदेश र जागिरको विकल्प आफूले सिकेका सीपकै ब्यपार गरु परिवारिक सल्लाह गरी विसं २०७८ मा घरेलु तथा साना उद्योग कार्यालय लहानमा उद्योग दर्ता नै गराएर काम सुरु गरेँ ।
यो काममा मेरी श्रीमातीको पूर्ण सहयोग प्राप्त भएको मुकेशको भनाइ छ । उद्योगमा दर्ता भएपछि उद्योग गाउँघरमा प्रख्यात हुन थालेपछि संघ सरकारले थप एक सेट अगरवत्ती मेशिन अनुदानमा दिएकाले त्यसले झनै उद्यम गर्न प्रेरित गरेको मुकेशले बताउछन् ।
घरको काम, समाजिक कामसँगै घरमै बसीबसी पैसा कमाउन सकिन्छ भने यो पेसा किन नगर्ने भन्दै मुकेशले प्रश्न गर्छन् । आफूले जागिर गर्दा दैनिक ज्यालादारीमा काम गर्थे अहिले उद्योग संचालन गरेपछि २ जनालाई मैले दैनिक काममा लगाउदै छौ । जागिर भन्दा बढी खुशी भएका छु ।







