राेयाण्टर मण्डल
सिरहा / लहान नगरपालिका–१२ जटियाहीका अशोक रामको निधन भएपछि पीडित बनेको उनका परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग प्रदान गरेको छ ।

स्थानीयको आग्रहपछि वडा अध्यक्ष बद्री नारायण चौधरीको समन्वयमा चामल, दाल, नुन र तेल सहितको राहत सामग्री घरमै पुगी लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चाैधरीले  वितरण गरिएको हो ।

नगर प्रमुख  चौधरीले विपत्को क्षणमा स्थानीय सरकार सदैव जनताकै पक्षमा रहने बताउँदै तत्कालीन आवश्यकताका लागि राहत उपलब्ध गराइएको उल्लेख गरे। उनका अनुसार यस्तो सहयोगले समुदायमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

अब लहानमा

लहान नगरपालिकाले अतिविपन्न तथा दलित नागरिकलाई १ लाख रुपैयाँसम्मको निःशुल्क बिमा सुविधा उपलब्ध गराउने छ ।

अतिविपन्न नागरिक तथा दलित समुदायका परिवारलाई उपचार पहुँच सहज बनाउनुका साथै मृत्यु पश्चात् परिवारलाई राहतस्वरूप १ लाख रुपैयाँ उपलब्ध गराउने गरी बिमा कम्पनीसँग सम्झौता भइसकेको छ ।

नाेट : याे अनलाईनकासमाचार काेपी पेस्ट गर्दा सभारमा अनलाईनकाे नाम लेखी दिन हुन् विशेष आग्रह ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय