राेयाण्टर मण्डल
सिरहा । लहान नगरपालिकाले ५० वर्ष पुगेका अति विपन्न तथा दलित नागरिकलाई १ लाख रुपैयाँसम्मको निःशुल्क बिमा सुविधा उपलब्ध गराउने घोषणा गरेको छ ।
मंगलवार नगरपालिकामा आयोजित मृतक दलित परिवारलाई राहत वितरण कार्यक्रममा नगरप्रमुख महेश चौधरीले उक्त घोषणा गर्नुभएको हो ।
नगरप्रमुख चौधरीका अनुसार नगर क्षेत्रमा रहेका सबै अतिविपन्न नागरिक तथा दलित समुदायका विपन्न परिवारलाई उपचार पहुँच सहज बनाउनुका साथै मृत्यु पश्चात् परिवारलाई राहतस्वरूप १ लाख रुपैयाँ उपलब्ध गराउने गरी बिमा कम्पनीसँग आवश्यक सम्झौता भइसकेको छ ।
उहाँले आफ्नो कार्यकालभर मृतक दलित विपन्न परिवारलाई खाद्यान्न सामग्री प्रदान गर्दै सहयोग जारी राख्ने निर्णयसमेत कार्यपालिका बैठकबाट पारित भएको जानकारी गराउनुभयो ।
यस कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन कार्यपालिकाको निर्णयअनुसार २५ लाख रुपैयाँ विनियोजन भइसकेको छ।

लहान नगरपालिका–२२ का दुई दलित परिवारलाई खाद्यान्न सामग्री राहतस्वरूप वितरण गरिएको छ ।
- नाेट : याे अनलाईनबाट समाचार काेपी पेस्ट गर्दा सभारमा अनलाईनकाे नाम लेखी दिन हुन् विशेष आग्रह ।







